दफा ७१
मूल्याङ्कन समिति गठन गर्नु पर्ने
(१) पूर्व योग्यताको प्रस्ताव, बोलपत्र, परामर्श सेवाको आशयपत्र वा प्रस्ताव वा सिलबन्दी दरभाउपत्र परीक्षण र मूल्याङ्कन गर्न सार्वजनिक निकायले तोकिए बमोजिमको मूल्याङ्कन समिति गठन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको मूल्याङ्कन समितिको काम, कर्तब्य र अधिकार तोकिए
बमोजिम हुनेछ ।